साउन १० । भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहान कोरोना संक्रमित भएका छन्। मुख्यमन्त्री चौहानले सामाजिक संजालबाट यसको जानकारी दिएका छन्।
मुख्यमन्त्री चौहानले आफुलाई केहि दिनदेखि कोरोनाको लक्षण देखिएको र परिक्षण पश्चात रिपोर्ट पोजेटिभ आएको बताएका छन्।
साथै उनले यस बिचमा आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न र क्वारेन्टाइनमा जान आग्रह गरेका छन्।
मुख्यमन्त्री चौहानले कोरोनाको गाइडलाइन्स पालना गर्ने र डाक्टरको सल्लाह मान्ने बताएका छन्। उनले आफुले बच्नेको हरसम्भव प्रयास गर्दा पनि मानिसहरु आफ्ना समस्या लिएर आफुलाई भेट्न आउने र आफु पन्छिन नमिलेको बताएका छन्।
मुख्यमन्त्री चौहानले यसक्रममा सामाजिक दूरीको पालना नगरेको भन्दै उनको आलोचना हुदै आएको थियो।
चौहानको मन्त्रिमण्डलका एक मन्त्री अरविन्द भदौरिया पनि कोरोना संक्रमित भएर अहिले अस्पतालमा उपचार गराइरहेका छन्। एजेन्सी


























