नवलपरासी, साउन १० । सशस्त्र प्रहरीले १७ लाख रुपैयाँ बराबरका खसी–बोका नियन्त्रणमा लिएको छ।
भारतबाट अवैधरुपमा पश्चिम नवलपरासी भित्र्याउँदै गरेको अवस्थामा ८५ ओटा खसी–बोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिए।
सुस्ता गाउँपालिका–५, रगरगन्ज नाकाबाट भन्सार छलेर ल्याइएका खसी–बोकालाई रगरगन्जकै एक छाप्रोमा लुकाएर राखिएको थियो।
बरामद गरिएका खसी–बोका आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
नाकाहरुबाट भारतीय खसी–बोकाहरु अवैधरुपमा सीमा क्षेत्रमा ल्याएर राख्ने गरिएको छ।
Facebook Comments


























