चितवन, साउन ९ । चितवनको राप्ती नगरपालिकामा ढुंगाले लागेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ। राप्ती नगरपालिका वडा नम्बर १३ चेउदिङ्गकी १२ वर्षिया सपना प्रजाको पहाडको माथिबाट ढुंगा खसेर लाग्दा शुक्रबार मृत्यु भएको हो।
सपना राप्ती १३ की वडा सदस्य सुमित्रा माया प्रजाकी छोरी हुन्। उनी घाँस काट्न जाँदा माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिइन्।
Facebook Comments


























