गैंडाकोट, साउन ९ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन्।
शुक्रबार बिहान पौने ९ बजेको अन्दाजी ५० वर्षका एक पुरुषले पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।
व्यक्तिको परिचय नखुलेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
लगातारको वर्षाले नदीमा भेल उर्लिएको छ।
Facebook Comments


























