साउन ९ । च्याम्पियन्स लिगमा छनोट हुने लाजियोको १३ बर्षको प्रतिक्षा सकिएको छ।
बिहिबार राति काग्लियारीमाथि २–१ को जित निकाल्दै लाजियोले अर्को सिजनको च्याम्पियन्स लिगमा आफुलाई सुरक्षित गरेको छ।
सिरो ईम्मोबिलले लाजियोलाई च्याम्पियन्स लिगमा छनोट मात्र गराएनन्, गोल्डेन बुटको दौडमा क्रिस्टियानो रोनाल्डोलाई समेत उछिने।
उनको निर्णायक तथा सिजनको ३१ औं गोलमा लाजियोले काग्लियारीलाई २–१ गोल अन्तरले हरायो।
खेलमा अग्रता भने ४५ औं मिनेटमा जियोवन्नी शिमोनको गोलमा पाहुना टोली काग्लियारीले बनाएको थियो।
सेर्गेई मिलिन्कोविचले ४७ औं मिनेटमा लाजियोलाई खेलमा फर्काएका थिए। ६० औं मिनेटमा सिरो ईम्मोबिलको गोलमा लाजियोले पुनरागमन जित निकाल्यो।
लाजियोले पाँचौ स्थानको रोमासंग ११ अंकको अग्रता निकाल्यो। लिगमा अब तीन चरणको खेल खेल्न बाँकी छ। लाजियो ७२ अंक सहित चौथो स्थानमा रह्यो।
रोमा ६१ अंक सहित पाँचौ स्थानमा रह्यो। काग्लियारी ४२ अंक सहित १३ औं स्थानमा छ। एजेन्सी


























