धादिङ, साउन ९ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गएराती एक जनाको मृत्यु भएको छ। थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोले पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।
रातीको समयमा गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो। पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीय हरि थापाले बताए। योसहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ।
Facebook Comments


























