काठमाडौं, साउन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीको जोखिम टरिसकेको नभएकाले स्वास्थ्य सम्बन्धी नियमहरु पालना गर्न आग्रह गरेकी छन्।
बुधबार ट्विट गर्दै उनले भनेकी छन् -जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन। तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार रातिदेखि लागू हुनेगरी लकडाउन (बन्दाबन्दी) अन्त्य गरेको थियो।
Facebook Comments


























