चितवन, साउन ६ । नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–७, शितलनगर दरैँवस्तीमा नारायणी नदी पसेको छ। नारायणीमा पानीको बहाव उच्च भएपछि नदी किनारको वस्तीमा पुगेको हो।
नारायणी पसेपछि दरैँवस्तीका केही घर डुबानमा परेका छन्। दरैँवस्तीका स्थानीयलाई छिमेकीको घर र सुरक्षित स्थानमा सारिएको छ। पुशचौपायालाई पनि सुरक्षित स्थानमा सारिएको छ।
केहीघर डुबानका परेका छन् भने केही घरको आगनसम्म पानी जमेको छ। गएरातिको तुलनामा अहिले पानीको बहाव घटेको बताइएको छ। जनजीवन सामान्यउन्मुख हुँदैछ। डुबान क्षेत्रमा वडाध्यक्ष चोलानाथ उपाध्यायले अवलोकन गरेका छन्।
Facebook Comments

























