चितवन, साउन ४ । नारायणी नदीमा आएको बाढीले नदी किनारमा बनाएको दोस्रो हात्तीको मुर्ती समेत बगाएको छ। यसअधि दुई मध्ये एउटा बगाएको थियो। पानीको बहाब खतराको विन्दु पार गरेको छ।
निरन्तर परिरहेको पानीले पानीको बहाब झन बढ्दो क्रममा छ। नारायणी नदी वरिपरिका स्थानीयलाई उच्च सावधानी अपनाउन चितवन प्रशासनले आग्रह गरेको छ। देवघाट स्थित जलमापन केन्द्रको पछिल्लो विवरण अनुसार नारायणी नदीमा पानीको बहाव खतराको विन्दु पार गरेको छ।

जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ। निरन्त परिरहेको वर्षाले नदीको बहाव बढ्दो क्रममा छ।
Facebook Comments


























