काठमाडौं, साउन ५ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोबाट एक युवकको मृत्यु भएको छ।
आइतबार साँझ साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदिका २२ वर्षीय नवराज गुरूङको मृत्यु भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।
खोल्सातिर शौचका लागि निस्किएका गुरूङको सोही बेला खसेको पहिरोमा पुरिएर मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
Facebook Comments


























