चितवन, साउन ५ । बिहान १० बजे नारायणी नदी देबघाट बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। चितवन र नवलपरासीको तटिय क्षेत्रमा बेलुका सम्मै खतरा तह पुग्न सक्ने पुर्वानुमान महाशाखाले जनाएको छ।
नारायणीको तटिय क्षेत्र र डुबान भईरहने होचा स्थानमा बढी खतरा हुन सक्दछ। तसर्थ उच्च सतर्कता अपनाउन बाढी पुर्वानुमान महाशाखा तथा मौसम विज्ञान विभागले सुचित गरेको छ।
Facebook Comments


























