दार्चुला, साउन ५ । दार्चुलामा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका आमाछोरी मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा नौगाड गाउँपालिका ६ की ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकै ६ वर्षीया छोरी आरती ठगुन्ना रहेकी छिन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार अविरल वर्षाका कारण पहिरोले घर पुरिएको थियो। सोही क्षेत्रमा केही घाइतेसमेत भएको बताइएको छ।
Facebook Comments


























