काठमाडौं, साउन ४ र विगत २४ घण्टायता नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ६५८ जना पुगेको छ।
आइतबार थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ९५ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव २४ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
विगत २४ घण्टायता ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ। हाल आइसोलेसनमा २२ हजार ६ सय ६२ जना छन् भने हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।


























