काठमाडौं, काठमाडौं, साउन ४ । आइतबार थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ९५ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव २४ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
विगत २४ घण्टायता ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ। हाल आइसोलेसनमा २२ हजार ६ सय ६२ जना छन् भने
हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
Facebook Comments


























