काठमाडौं, साउन ४ । सभामुख अग्निप्रसाद सापकोटाले आज आइतबार गुल्मीकी सुवर्ण ज्वारचनलाई समानुपातिकतर्फ संसद सदस्यको रुपमा पद तथा गोपनीयताको सपथ गराउँदै छन्।
समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्यको पदमा ज्वारचनलाई नियुक्त गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको हो।
नेपाली कांग्रेसकी उम्मेदवार गुल्मीकी छन्त्यालको असार १७ मा निधन भएको थियो।
ज्वारचनलाई आइतबार २ बजे सपथ गराउने कार्यक्रम छ।
Facebook Comments


























