पर्वत, साउन ३ । क्वारेन्टाइनमा बस्दै आएका ५२ बर्षीय पुरुषको मृत्यु भएको छ।
जिल्लाको पैयुँ गाउँपालिका–६ का ती पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राति गण्डकी अस्पताल पुर्याइएको थियो। उनको राती नै उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
असार २३ गते गरिएको पीसीआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले बताएको छ। मृतक असारको पहिलो साता भारतबाट फर्किएका थिए।
Facebook Comments


























