बाजुरा, साउन ३ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर ७ का अध्यक्षका छोरासहितको समुहले प्रहरीमाथी ढुगांमुढा प्रहार गरेको छ। वडा नम्वर ७ का अध्यक्ष भुवन केसीका छोरा र उनको समूहले प्रहरीमाथी ढुगांमुढा प्रहार गर्दा प्रहरी चौकी इन्चार्जसहित एक जना जवान घाइते भएका छन्।
बुढीगंगा नगरपालिका ८ को बेतालमाण्डौ बजारमा होटेल संचालन गर्दै आएका ब्यापारी पारस रावतलाई स्थानिय युवाहरुले कुटपीट गरेको उजुरी पछि सुरक्षामा खटिएका प्रहरी माथि ढुंगामुढा प्रहार गरिएको जनाइएको छ।
घाईते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहको छ।
Facebook Comments


























