चितवन, साउन २ । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरको २४ र २५ को बिचमा रहेको देवीथान पार्कमा वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेकीछिन्। आज बिहान उनले सो स्थानमा वृक्षारोपण गर्दै कार्यक्रमको उद्घाटन गरेकीहुन्। सो अवसरमा बोल्दै प्रमुख दाहालले भरतपुर महानगरलाइ स्वच्छ र सफा राख्न बोट बिरुवा हुनुपर्ने बताउदै समय समयमा वृक्षारोपण हुनुपर्नेमा जोड दिइन्।
महानगरको रिङ्ग रोड सगै जोडिएको भौतिक पूर्वाधार सहित थप वृक्षारोपण कार्यक्रमले आकर्षणको केन्द्र बनाएको उनको भनाइ थियो। उनले आफ्नो पहिलो प्राथमिकतानै महानगरलाइ कसरि हरियाली बनाउने भन्ने रहेको बताउदै सार्बजनिक बनको संरक्षणमा आफुहरु सधै लागिरहने दाबि गरिन्।
Facebook Comments


























