चितवन, साउन २ । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५३ हजार ३ सय ४२ जना व्यक्तिमा ८२ लाख ८५ हजार १ सय ८३ व्यक्ति संक्रमण मुक्त भएका छन्। शुक्रबार दिउँसो साढे १२ बजेसम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७ सय ७८ जना व्यक्तिको मृत्यु भएको व्लडोंमिटरले जनाएकोछ ।
हाल विश्वभरमा ५० लाख १५ हजार ४ सय ८१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। संक्रमितहरु मध्ये ५९ हजार ९ सय जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।
संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार १ सय १८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।
दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३ सय ७९ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख १२ हजार २ सय ९३ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८ सय २८ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ९२ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ।
युरोपमा २६ लाख २९ हजार ८ सय ८१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार १ सय ७७ को मृत्यु भएको छ। एसिया ३१ लाख ९९ हजार २ सय ७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७५ हजार २ सय ६९ जनाको मृत्यु भएको छ।
अफ्रिकामा ६ लाख ६७ हजार ३ सय ४३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ। ओसियानामा १२ हजार ९ सय ३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ३८ जनाको मृत्यु भएको छ।


























