धादिङ, साउन २ । धादिङबेसीबाट पाल्पाभन्ज्याङ जानेक्रममा बिहीबार साँझ करिब ८ बजे मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा परि एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रदेश नम्बर ३,००८-०२-प-२४४१ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खोल्सा खस्दा एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाईकल चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ९ पाल्पा भज्याङका २६ बर्षीय राम हरी लम्सालको काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























