काठमाडौं, साउन १ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री ऋचा शर्माको आज जन्मदिन परेको छ। उनी आजबाट ३३ वर्षमा लागेकी छन्। २०४४ साल साउन १ गते धनगढीमा जन्मेकी ऋचाले बैबाहिक जीवनमा बाँधिएपछि पहिलो पटक जन्मदिन मनाउदैछिन्। जन्मदिनको अवसरमा उनलाई आज विहानैदेखी शुभकामनाको ओइरो लागेको छ।
उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन्। ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘टलकजंग भर्सेस टुल्के’, ‘बाटो मुनिको फूल २’ लगायतका चलचित्रमा अभिनय गरेकी ऋचा सन् २००७ मा मिस नेपाल प्रतियोगिताको उत्कृष्ट दशभित्र पनि परेकी थिइन्।
Facebook Comments


























