साउन १ । हरियो रंग साउन महिनामा विशेष महत्व छ, किनकी साउन महिना वर्षा ऋतुको महिना हो तथा सायनमा चारैतिर हरियाली छरिएको हुन्छ। हरियो रंगलाई खुशी र समृद्धिको प्रतिकको रुपमा मानिन्छ, धार्मिक रिती रिवाजमा हरियो रंग बिना गरेमा शुभकार्य अधुरो मानिन्छ।
साउनमा हरियो चुरा लगाउँदा महिलाहरुको भाग्योदय हुने विश्वास रही आएको छ र समृद्धिको निशानी पनि भनिन्छ। धार्मिक मान्यता अनुसार यस महिनामा हरियो रंगको प्रयोग गर्दा र लगाउँदा भाग्य चम्कन्छ।
जहाँ प्रकृतिको हरियो रंग देखिन्छ त्यहाँ मनले शान्ती र शीतलता महसुस गर्दछ। यो रंगले सुख शान्ती र स्फुर्ति उत्पन्न गराउँछ। हरियो रगले हाम्रो मन र बृद्धिमा फरक–फरक तरीकाले प्रभाव पार्छ। यसलाई बृद्धिको प्रतिकको रुपमा मानिन्छ र यस्ले स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्छ।
साउन महिनामा महिलाहरुले नाडीमा हरिया चुरा, मेहन्दी लगाउने गर्छन्। धर्मशास्त्र अनुसार हरियो रंग बुध ग्हका प्रतिक हो। बुध ग्रह व्यापार र भविष्यसँग जोडिएको हुन्छ। अतः हरियो रंग लगाउदाँ बुध प्रसन्न भएर आशीष दिन्छन्। प्रकृतिलाई ईश्वरको रुप मानिन्छ र पुजा पनि गरिन्छ।
हरियाली वातावरणमा बसेर काम गर्ने व्यक्तिको रचनात्मक शक्ति बढ्छ। हरियो रंगले सकरात्मक उर्जा दिई तनाव भगाउने र डिप्रेशनबाट बचाउन मद्दत गर्दछ। यसलाई सौभाग्यको प्रतिक मानिन्छ। यो रंगले रोगी मानिसहरुलाई पनि छिटो ठिक पार्छ। यसले मानसिक शान्ती दिएर दिमाग सम्बन्धित समस्याबाट पनि राहत दिन्छ। हरियो रंग धेरै मानिसहरु मन पर्छ यो रंगले मानिसलाई प्रकृतिको नजिक लैजान्छ।
























