काठमाडौं, साउन १ । मेलम्चीको सुरुङ फुटेर बगाएका चालकको खोजीमा गएका उद्धारकर्ता सवार डुंगा मेलम्ची खोलामा पल्टिएको छ।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार बेपत्ताको खोजीका परिचालन भएको चार जना सवार डुंगा आज विहान दुर्घटना भएको हो। दुर्घटनाबाट कुनै क्षति नभएको र एपीएफका सबै चार जना गोताखोर सकुशल रहेको प्रहरीले जनाएको छ।
मेलम्ची खानेपानीको मुहान निरीक्षणका क्रममा बेपत्ता भएका इन्जिनियर सतिश गोहितको बुधबार शव फेला परेको थियो भने ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको अझै बेपत्ता छन्।
Facebook Comments


























