काठमाडौं, असार ३१ । काठमाडौं उपत्यकामा लगातार दुई दिनसम्म बिजोर नम्बरको सवारी चल्ने भएको छ। असार महिनाको अन्तिम दिन र साउनको पहिलो दिन बिजोर दिन भएकोले यी दुई दिनसम्म लगातार बिजोर नम्बरको सवारी चल्ने भएको हो।
ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले आज बुधबार र बिहीबार दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने जानकारी दिए।
Facebook Comments


























