असार २९ । प्रिमियर लिग फुटबलमा रेलिगेशन जोनबाट संघर्षरत बोर्नमाउथसंग लेस्टर सिटीले अप्रत्यासित हार ब्यहोरेको छ।
शीर्ष चारमा रहदै च्याम्पियन्स लिग छनोटको नजिक रहेको लेस्टर सिटीमाथि बोर्नमाउथले ४–१ को जित निकाल्न सफल भएको हो।
पछिल्लो हारसंगै च्याम्पियन्स लिग छनोटको दौडमा रहेको लेस्टरको सम्भावना कमजोर बनेको छ भने रेलिगेशनबाट बच्न संघर्षरत बोर्नमाउथले शीर्ष डिभिजनमै टिक्न सक्ने गणितिय सम्भावना जिवितै राखेको छ।
पाहुना टोली लेस्टरले जेमी भार्डीको गोलमा अग्रता लिएको थियो। तर दोस्रो हाफमा लगातार चार गोल गर्दै घरेलु टोली बोर्नमाउथले पुनरागमन जित आत्मसाथ गर्यो।
डोमिनिक सोलन्कीले दुई गोल गरेको खेलमा जुनियर स्टालिस्लासले एक गोल गरे। बोर्नमाउथले जोनी इभान्सको एक गोल आत्मघाति रुपमा उपहार पाएको थियो।
हारसंगै चौथो स्थानको लेस्टरको ५९ अंक छ। एक खेल कम खेलेको पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड मात्र एक अंकले लेस्टर भन्दा पछि छ।
पुछादेखि तेस्रो स्थानमा रहेको बोर्नमाउथले ३१ अंक जोडेको छ। रेलिगेशन जोन भन्दा माथि रहेको वाटफोर्डले बोर्नमाउथसंग मात्र तीन अंकको अग्रता लिएको छ। एजेन्सी


























