पाल्पा, असार २८ । पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन्। गुल्मी जिल्ला रुरु गाउँपालिका–५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए।
गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए। श्यामशरण घरमा पुर्याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो। केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो। पुरुषको लासलाई श्यामशरण लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन्।
किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन्। पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराएका थिए।
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









