चितवन, २८ असार । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुने सबैजना चितवनका हुन
अस्पतालले आइतबार विहान जारी गरेको प्रतिवेदन अनुसार चितवनको भरतपुर महानगरपालिका वडा नं ५, १५, १६ र २४ का ४ पुरुष र एक महिला गरी ५ जनामा संक्रमण भेटिएको हो। उनीहरु सबै क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको अस्पतालले जनाएको छ।
भरतपुर अस्पतालमा असार २७ गते संकलित कुल १२९ स्वाब नमूनामध्ये पाँचजनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य १२४ नमूनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ।
Facebook Comments


























