चितवन, असार २७ । बेटर चितवनले १६ औं सरसफाइ अभियानअन्तर्गत आज रत्ननगर नगरपालिका–२ टाँडीको नेपाल माविमा सरसफाई र वृक्षरोपण गरेको छ।
वृक्षरोपण कार्यक्रममा रत्ननगरकी उपप्रमुख विमला दुवाडी, सोही वडाका वडाध्यक्ष तिलक शर्मा पौडेल, निवर्तमान अध्यक्ष कृष्ण अधिकारी, सामाजिक अभियन्ता ज्ञानेन्द्रराज पाण्डेको सहभागिता रहेको थियो।

अभियानका संयोजक सरोजध्वज भण्डारीलाई उपमेयर दुवाडीले वातावरण मैत्री अभियान चलाएकोमा धन्यवाद दिँदै अगामी दिनमा पनि निरन्तरता पाओस् भन्दै शुभकामना दिइन्।
Facebook Comments


























