असार २७ । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) उपाधि दाबेदार बार्सिलोनाले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्दैछ।
बार्सिलोनाले भालाडोलिडसँग उसैको मैदानमा खेल्नेछ। दुई टोलीबीचको खेल राति पौने १२ बजे सुरु हुनेछ।
तुलनात्मक कमजोर टिम भालाडोलिडविरुद्ध बार्सिलोना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।
किनकी उपाधि होड कायम राख्नलाई बार्सिलोनालाई जित अत्यावश्यक रहेको छ। भालाडोलिडसँग पराजित भएमा बार्सिलोनाको उपाधि होड कमजोर बन्नेछ।
बार्सिलोना लिग लिडर रियल मड्रिड भन्दा ४ अंकले पछि रहेको छ। भालाडोलिडलाई हराएमा बार्सिलोनाले रियलसँगको अंक दुरी समेत १ मा झार्नेछ।
बार्सिलोनाले ३५ खेलमा ७६ अंक जोडेको छ। रियलको ८० अंक रहेको छ। ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा रहेको छ।
ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ। एट्लेटिको घरेलु मैदानमा जित निकाल्दै शीर्ष दुई टोलिसँगको अंक दुरी घटाउने योजनामा हुनेछ।
त्यस्तै अर्को खेलमा ओसासुना र सेल्टा भिगोबीच खेल हुनेछ। एजेन्सी


























