असार २७ । इटालियन सिरी ‘ए’ फुटबलमा आज (शनिबार) लिग लिडर युभेन्ट्सले एटलान्टासँग खेल्दैछ।
युभेन्ट्सले घरेलु मैदानमा एटलान्टासँग खेल्नेछ। दुई टोलीबीचको खेल राति साढे १ बजे सुरु हुनेछ। घरेलु मैदानमा युभेन्ट्स सहज जित निकाल्दै उपाधि होड बलियो बनाउने योजनामा हुनेछ।
तर, बलियो टोलि एटलान्टाविरुद्ध युभेन्ट्सलाई जित निकाल्न कठिन भने हुनेछ। युभेन्ट्स यस सिजन दोस्रो स्थानको लाजियो भन्दा ७ अंकले अघि रहेको छ।
युभेन्ट्सले ३१ खेलमा ५७ अंक जोडेको छ। लाजियोको ६८ अंक रहेको छ। तेस्रो स्थानको एटलान्टाको ६६ अंक रहेको छ।
यस्तै लाजियोले शनिबार नै सासोउलोसँग खेल्नेछ। रोमाले ब्रेसियाको सामना गर्नेछ। एजेन्सी
Facebook Comments


























