काठमाडौं, असार २७ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
नयाँ थपिएका संक्रमितहरु सबै पुरुष छन्। उनीहरु तनहुँ, म्याग्दी, स्याङ्जा, बाग्लुङ र कास्कीका हुन्।
क्षयरोग उपचार केन्द्र, पोराखमा गरिएको परीक्षणमा तनहुँका ४ जना,, म्याग्दीका २ जना, स्याङ्जाका ३ जना र बाग्लुङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका कास्कीका २ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ।
Facebook Comments


























