रुपन्देही, असार २७ । रुपन्देहीमा जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्। बिरामी पर्नेमा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी रहेका छन्।
उनीहरु शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा बिरामी परेका हुन्। च्याउ खाँदा बिरामी परेका उनीहरुको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
Facebook Comments


























