काठमाडौं, असार २७ । मुलुकका विभिन्न ठाउँमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोप न्यूनीकरण र पीडितको उद्धार तथा राहतबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बिहानदेखि परिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, मन्त्रीहरूको सहभागिता रहेको छ।
प्रधानमन्त्रीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै सरकार प्राकृतिक प्रकोपबाट प्रभावित जनताको उद्दार र राहत कार्यमा लागिरहेको बताएका थिए।
पछिल्लो केही दिनयता मुलुकका विभिन्न भागमा गएका बाढी र पहिरोले २६ जनाको मृत्यु, ४२ जना बेपत्ता र २४ जना घाइते भएका छन्।
Facebook Comments


























