काठमाडौं, असार २७ । नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायकद्वय विनोद ढकाल र किरण माइकलको स्वरमा रहेको गीत ‘सकिन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। आत्रेय प्रडक्सन नामक युट्यूब च्यानलबाट सार्वजनिक गीतको भडियोमा गायक ढकाल र माइकल तथा विकास लामिछानेको साथमा मोडल सुरविना कार्कीको अभिनय देख्न सकिन्छ।
सुदिप आत्रेयको शब्दमा तयार पारिएको गीतको संगीत विनोद तथा किरणकै रहेको छ भने म्यूजिक प्रोडुसर प्रमोद परियारको रहेको छ। फराज अर्पणको छायांकन, निर्देशन तथा सम्पादन रहेको भिडियोले युवा पुस्तामा देखिएको दुर्व्यसनीनीको लतमा फसेका युवाहरुको कथा बोकेको छ।
Facebook Comments


























