असार २७ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसमाथि सहज जित निकालेको छ।
शुक्रबार राति रियलले घरेलु मैदानमा आल्भेसमाथि २–० को जित दर्ता गराएको हो।
रियलको जितमा बेन्जिमाको प्रर्दशन उत्कृष्ट रह्यो। पेनाल्टीमा पहिलो गोल गरेका उनले दोस्रो गोलका लागि समेत पास उपलब्ध गराएका थिए।
करिम बेन्जिमाले ११ औं मिनेटमा पेनाल्टीमा रियललाई अग्रता दिलाएका थिए। पाहुना टिमका जिमो नवारोले फेरोमे मेन्डीलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो।
एसेन्सियोले ५० औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए। बेन्जिमाले उपलब्ध गराएको पासमा गोल गर्दै उनले रियलको जित सुनिश्चित गरेका हुन्।
रियल मड्रिड यस सिजनको लिग उपाधिबाट मात्र दुई जित टाढा रहेको छ। शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ। उसले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ।
लिगमा तीन चरणको खेल बाँकी रहदाँ रियललाई उपाधिका लािग दुई खेलमा जित निकाले मात्र पुग्नेछ। आल्भेस ३५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ। एजेन्सी


























