काठमाडौं, असार २६ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ।
नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल सहितका पदाधिकारीको नियुक्ति खारेज भएको थियो।
यस्तै मन्त्रालयले भक्तबहादुर ढकाललाई कार्यवाहक सदस्य सचिव नियुक्त गरेको थियो।
Facebook Comments


























