असार २६ । स्पेनिस ला लिगा फुटबलमा आज (शुक्रबार) लिग लिडर रियल मड्रिडले डिपोर्टिभो अलाभेससँग प्रतिस्पर्धा गर्दैछ।
रियलले अस्थाई घरेलु मैदानमा अलाभेसको सामना गर्नेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ।
तुलनात्मक कमजोर टिम अलाभेसविरुद्ध मैदान उत्रदा रियल सहज जितको खोजीमा हुनेछ।
उपाधिको प्रमुख दाबेदार क्लब रियल जित निकाल्दै उपाधि यात्रा थप बलियो बनाउन चाहन्छ।
रियल जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनाविरुद्ध अंक दुरी समेत फराकिलो बनाउने योजनामा हुनेछ। रियल बार्सिलोना भन्दा मात्र एक अंकले अघि रहेको छ।
अलाभेसविरुद्ध जित निकालेमा रियलले चार अंकको अग्रता बनाउनेछ।
रियलले ३४ खेलमा ७७ अंक जोडेको छ। एक खेल बढी खेलेको बार्सिलोनाको ७६ अंक रहेको छ।
अलाभेस ३५ अंक जोडेर रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ।
ला लिगा अन्तर्गत नै शुक्रबार रियल सोसिडाडले ग्रानडाको सामना गर्नेछ। एजेन्सी


























