लमजुङ, असार २६ । भारी वर्षासँगै गएराति आएको पहिरोमा पुरिँदा लमजुङका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको घर पहिरोमा पुरिएको हो। गए राति ११ बजे पहिरोले घर पुरिँदा ३० बर्षका दिपक तामाङ, उनकी २५ बर्षीया श्रीमती विमाया तामाङ र नौ बर्षका छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।
दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन्।
उनीहरुको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भई रहेको छ।
Facebook Comments


























