असार २६ । दक्षिण कोरियाको राजधानी सियोलबाटै बिहिबारदेखि बेपत्ता भएका मेयर पार्क वन सूनको शव फेला परेको छ।
पार्कको शव प्रहरीले सियोलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको बीबीसीले जनाएको छ।
उनको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक डिटेक्ट भएको थियो। उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन।
उनी बेपत्ता हुनु भन्दा केही घण्टा पूर्वमहिला कर्मचारीले यौन हिंसाको आरोपमा उजुरी दिएको खुलेको छ। उनी सन् २०११ देखि सियोलको मेयर थिए।
Facebook Comments


























