काठमाडौं, असार २५ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। छापावाल सुन मूल्य अघिल्लो दिनको तुलनामा बुधबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको छ।
मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँ महँगको भएको थियो। बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ। सुनको मूल्य बढ्दा बुधबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Facebook Comments


























