काठमाडौं, असार २४ । प्रहरीले नुवाकोटबाट भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तादी गाउँपालिका–५ नर्जा बस्ने २४ वर्षीय राम तामाङ र अर्का एक जना छन्।
तामाङको घरमा भरुवा बन्दुक छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त भरुवा बन्दुकसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























