चीन, असार २४ । चीनमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
परीक्षा दिने विद्यार्थी बोकेको बस कुसाओँ प्रान्तको एन्शुनमा एउटा तालमा खसेको हो।
बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको बताइएको छ। सो बसमा विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी रहेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments


























