चितवन । कम्प्युटर एसाेसिएसन महासंघ नेपाल चितवनले ‘क्यान इन्फाेटेक मेला–२०७६’ मा सम्पन्न राेबाेटिक्स कम्पिटिसनका बिजेताहरुलाई पुरस्कार वितरण गरेकाे छ। उक्त प्रतियाेगितामा सहभागी भई प्रथम स्थान हासिल गर्न सफल विवेक पाैडेल र अनिश पाण्डे, द्वितीय हुन सफल दिक्षान्त लम्साल र विशाल लामिछानेलाई नगद पुरस्कार वितरण गरिएकाे हाे।

प्रथम र द्वितीय हुन सफल समूहलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद प्रदान गरिएकाे सचिव टेकलाल भुसालले जानकारी दिए। प्रतियाेगितामा प्रथम र द्वितीय हुन सफल दुवै समूह वाल्मीकि कलेजका विद्यार्थी हुन्।

चितवनमा क्यान इन्फाेटेक मेलाकाे पाँचाैँ संस्करण २०७६ माघ २४ देखि २८ गतेसम्म नारायणगढकाे पुरानाे तरकारी बजारमा लागेकाे थियाे। साेही मेलामा सूचना तथा प्रविधिसम्बन्धी आयाेजित विभिन्न खालका कार्यक्रममध्ये राेबाेटिक्क कम्पिटिसनलाई पनि मुख्य कार्यक्रम बनाइएकाे थियाे।



























