हेटौंडा । वागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट मंगलबार दुईवटा विधेयक दर्ता भएको छ। प्रदेश सचिवालयमा दुईवटा विधेयक दर्ता गरिएको प्रदेश सचिवालयले जनाएको छ। मंगलबार सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ गरी दुई विधेयक दर्ता भएको सचिवालयका उप–सचिव विनोद अमात्यले बताए।
दर्ता भएको विधेयक अब बस्ने प्रदेशसभाको बैठकमा छलफलको लागि प्रस्ताव टेबुल गरिने अमात्यले जानकारी दिए। गत असार १९ गते बसेको बैठकले अर्थिक वर्ष ०७७÷७८ को लागि विनियोजित बजेट पारित गरी प्रदेश सभा अनिश्चित समयकोलागि स्थगित भएको छ।
Facebook Comments


























