असार २३ । ईङलिस प्रिमियर लिग फुटबलमा टोटेनहमले एभर्टनलाई हराएको छ। सोमबार राति घरेलु मैदानमा टोटेनहमले एभर्टनलाई १–० ले हरायो।
खेलको २४ औं मिनेटमा माईकल किनको आत्मघाति गोल टोटेनहमको जितमा पर्याप्त बन्यो। प्राप्त जितसंगै टोटेनहमले अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बनायो।
प्रशिक्षक जोसे मौरिन्होले प्रिमियर लिगमा २ सय खेलमा जितको कोशेढुङ्गा पार गरे। पहिलो हाफमा मैदान छोड्ने क्रममा कप्तान ह्युगो लोरिस र दक्षिण कोरियन फरवार्ड सन ह्युग मिन विवादमा उत्रिएका थिए।
घरेलु टोलीका दुवै खेलाडी हातपातमा उत्रिएपछि क्लबका अन्य खेलाडीले सम्हाल्नु परेको थियो। तर पुरा खेल सकिएपछि दुवै खेलाडी अंकमाल गर्दै मैदान छाडेका थिए।
टोटेनहम ४८ अंक सहित आठौं स्थानमा उक्लिएको छ। टोटेनहम पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड भन्दा ७ अंकले पछाडी रहेको छ।
एभर्टन ४४ अंक सहित ११ औं स्थानमा छ। एजेन्सी


























