भोजपुर, असार २२ । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्वभोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका –८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो।
संगठित तथा विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा सग्लन भई फरार रहेका राईलाई आइतबार प्रक्राउ गरेर आज सार्वजनिक गरेको हो। राईलाई विषेश सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यस्तै प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका –९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा स्थानीय जस बहादुर राईको घर खानखलासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ।
घरधनी राई फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिए।
Facebook Comments


























