बुटवल, असार २२ । बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन्।
घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई बाघको छाला र हड्डीसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताए।
पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता वैदवारले भनाइ छ।
Facebook Comments


























