असार २१ । इजिप्टको प्रिमियर लिग फुटबल अगष्ट दोस्रो साताबाट सुचारु हुने भएको छ।
इजिप्ट फुटबल एसोसिएसनले शीर्ष डिभिजनको लिग अगष्ट ७ बाट सुचारु हुने जनाएको छ। कोरोना भाईरसको महामारीको कारण स्थगित लिग करिब पाँच महिनापछि सुचारु हुन लागेको हो।
लिग सुचारु अघि खेलाडीको कोरोना परिक्षण हुनेछ। यस्तै सरकारी गाइडलाइनको पालना गर्नु पर्नेछ। यस सिजन अल-अह्ली लिगको शीर्ष स्थानमा रहेको छ। अल-अह्लीले १७ खेलमा ४९ अंक जोडेको छ। एनेन्सी
Facebook Comments


























