काठमाडौं, असार २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँको ढलमा कोरोनाभाइरस देखिएको भनिएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयमा आइतबार आयोजित नियमित कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंको ढलमा कोरोनाभाइरस देखिएको भनिएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिएका हुन्।
हालसम्म ढलबाट मानिसमा कोरोना संक्रमण नभएकाले डराइ हाल्नु पर्ने अवस्था नरहेको उनले जानकारी दिए। पानी तथा ढलमा दुई दिनसम्म कोरोना जीवित रहने भन्दै उनले हालसम्म ढलबाट मानिसमा कोरोना संक्रमण भएको घटना नरहेको बताए।
ढलमा कोरोनाभाइरस देखिएको आधिकारिताबारे मन्त्रालयले अनुसन्धान गर्ने उनको भनाइ छ। तर, ढलसँग सम्बन्धित् काम गर्ने व्यक्तिहरुले सावधानी अपनाउनु पर्ने भन्दै उनले सचेत हुन सबैमा अनुरोध पनि गरेका छन्।
Facebook Comments


























