काठमाडौं, असार २१ । आइतबार थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ६ हजार ५ सय ४७ जना उपचारपछि निको भएका छन्।
हालसम्म नेपालमा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
Facebook Comments


























